रिडीमा बन्यो देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल

पाेखरा | पुस २३, २०७९

रिडीमा बन्यो देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल

स्याङ्जा:   स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता गरेको साढे आठ वर्षमा पुल निर्माण भएको हो । 


तीन वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्नेगरी नयाँ बाटो, रुबिना, मना जेबीले २०७१ साल असार १० गते ठेक्का सम्झौता गरेका थिए । निर्माण कम्पनीले नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन श्रीमहल पुलचोकसँग पुलको ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । 


देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलले स्याङ्जाको कालिगण्डकी –१ कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका –१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका –१ रिडी जोडेको छ । देशकै पहिलो र नयाँ पुल भएकाले डिजाइन गर्न, काम सम्पन्न गर्न समय लागेको निर्माण व्यवसायी महेन्द्र अधिकारीले बताउनुभयो ।


पुल निर्माण कार्य ढिलाइ हुँदा यहाँका नागरिक निराश बने पनि निर्माण सम्पन्न भएपछि अहिले हर्षित बनेको गाउँपालिका वडा १ का वडा अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । पुल निर्माण सँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको बताउँदै लामिछानेले सोलार बत्तिका कारण दिनमाभन्दा रातमा पुल राम्रो मनोरम देखिएको बताउनुभयो । 


थाहा पाउने जोकोही तीनमुखे झोलुङे पुलमा आउनेगरेको बताउँदै लामिछानेले दैनिक संयौले फोटो खिच्ने र सेल्फि खिच्नेगरेको उहाँले बताउनुभयो । कालिगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर तीन जिल्लाको मध्य भागको दुरीमा बनाइएको छ । 


पुलको मध्यभागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न ५९.१३ मिटरको दूरी पार गर्नुपर्छ । मध्यभागबाट तीन तिरबाटै जोड्दा पिलर १७७.४ मिटर रहेको छ । मुख्य पिलर जमिनमुनी १६ मिटर वेल फाउण्डेन गरी थप १२ मिटरमा वाकवे निर्माण गरिएको छ । 


वाकवेबाट २५.२३ मिटरको उचाइको टावरमा लठठा कसिएको छ र एक मिटर १५० सेमीमा ढलान गरी रेलिङ राखिएको छ । रेलिङ हेर्न र हिँड्नको लागि नभई सोलार प्रयोजनका लागि बनाइएको छ ।

पोखरा:  ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्...

थप पढ्नुहोस्

काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन  भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल  जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि...

थप पढ्नुहोस्

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...

थप पढ्नुहोस्